नेपालगञ्ज : बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबारदेखि शुरु हुने धार्मिक महोत्सवको तयारी पूरा भएको छ ।
यहि कात्तिक १५ देखि २२ गतेसम्म आयोजना हुने धार्मिक महामहोत्सवको उदघाटन बिहान ९ बजे मन्दिर परिसरबाट बिशाल कलशयात्रा सहित गरिने महोत्सव समितिका अध्यक्ष खड्क वलीले जानकारी दिए ।


सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । यसअघि भदौं ३० गतेदेखि असोज ६ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव बर्षातका कारण स्थगित भएको थियो ।
करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।