सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाल युवा संस्था संजाल (आयोन) तथा जिल्ला युवा क्लब संजाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत बाँकेको कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उप–निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखिकरण तथा नमूना मतदान गरिएको छ ।
७० जनाको सहभागिता रहेको नमुना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए । कुल ७० मत खसेकोमा ३ जनाको मत बदर भएको थियो । स्थानीय तहको उप–निर्वाचनका क्रममा मत बदर संख्या कम गर्ने उद्देश्यले नमूना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले सहजीकरण गरेको कार्यक्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र अचार संहिताको बारेमा छलफल गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले जनकारी दिए ।


