नेपालगन्ज आर्थिक हब बन्दैछ : एमाले नेता पोख्रेल

२२ माघ २०७४, सोमबार १८:५२
 

सदरलाइनडटकम 
२२ माघ नेपालगन्ज : नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रदेश नम्बर ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज आर्थिक क्षेत्रको हव बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउँमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँमा विकास नरोकिने उल्लेख गरे ।
महोत्सव समापन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले नेपालगन्जलाई प्रदेशको आर्थिक राजधानी बनाउन सकिने बताउदै यतिबेला प्रदेसको राजधानी कहा राख्ने भन्दा पनि प्रदेस नं. ५ को विकासको मेडेल के हुने भन्ने विषयमा अबको बहस केन्द्रीत हुनु पर्ने कुरामा जोड दिए ।
उनले भने,‘नेपालगन्ज पश्चिम नेपालको केन्द्रविन्दु हो, तर पनि प्रदेश राजधानी सम्भव नहुन सक्छ । यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी सबैले आर्थिक राजधानीका लागि आवाज उठाउन जरुरी छ ।’
उनले विकासको संभावना बोकेको र पूर्वाधार भएका प्रदेश नं. ५ का ३ मुख्य शहरलाई विकासको परियोजना बनाएर अघि बढिनु पर्नेमा जोड दिदै नेपालगन्जलाई आर्थिक राजधानीका रुपमा विकसित गरिने बताए । प्रदेश नं. ५ प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पोखरेलले प्रदेश राजधानीका विषयमा भन्दा आर्थिक राजधानीका लागि अघि बढ्न सबैलाई आग्रह गरे ।
प्रदेशसभा सदस्य पोख्रेलले आर्थिक समृद्धिका लागि परियोजनामा आधारित बहस जरुरी रहेको बताउँदै भने,–‘नेपालगन्जलाई मानसरोवर सहित प्रदेस नं. ६ र ७ को ट्रान्जिटका रुपमा रहेकोले यसलाई अझ मझबुत पार्नको लागि यसमा आवश्यक पूर्वधारको विकास गरिनुर्छ । नेपालगन्जले आर्थिक समृद्धिको यात्रालाई जोड्न सक्छ । यहाँको विकास र योजनालाई जनतासँग जोड्नुपर्छ ।’
प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेता पोख्रेलले भने,– जुन स्थानमा प्रदेशको राजधानी हुन्छ त्यही मात्रै आर्थिक समृद्ध हुन्छ भनेर सोच्न हुदैन । पोख्रेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना सार्वजनिक गरे । नेता पोख्रेलले नेपालगन्ज प्रदेश नम्बर ५, ६ र ७ को केन्द्रको रुपमा रहेको बताउँदै ३ वटा प्रदेशलाई लक्षित गरी वस्तु तथा सेवाको उत्पादनसँग जोड्नुपर्ने बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव २०७४ को समापन भएको छ । सोमबार बिशेषक कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको छ ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अयष चण्डीराज ढकालले राज्यले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । लगानीमैत्री वातावरणको खांचो रहेको औल्याउदै ढकालले अब बन्ने सरकारले स्थीरताको वातावारण सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यले महोत्सव उत्साहजनक तरिकाले सम्पन्न भएको बताए । सबैले आफ्नै सम्झिएर महोत्सवलाई सहयोग गरेको भन्दै अध्यक्ष बैश्यले धन्यबाद दिए ।
उनले महोत्सवको लक्ष्यलाई पुरा गरि छाड्ने बताए । शुभकामना मन्त्ब्य व्यक्त गर्दै संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले महोत्सवले नेपालगन्जलाई चिनाउन सहयोग गरेको र संघीय नेपालमा नेपालगन्जलाई महत्वपुर्ण स्थानमा पु¥याउने प्रतिक्रिया दिए ।
सो अवसरमा महोत्सव कार्यान्वयन समिति, बिभिन्न उपसमितिका संयोजक, सदस्य एवं पाहुनाहरुलाई धन्यबाद सहित मायाको चिनो दिइएको थियो । महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका थिए । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको थियो ।


   

Next Post

‘नेपालगन्जलाई सञ्चारको राजधानी बनाउन सकिन्छ’

२२ माघ २०७४, सोमबार १८:५२
सदरलाइनडटकम  २२ माघ, नेपालगन्ज :  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. ५ का संसदिय दलका नेता एवं प्रस्तवित मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्जलाई प्रदेशको सञ्चारको राजधानी बनाउन सकिने बताएका छन् । उनले यतिबेला प्रदेसको राजधानी कहा राख्ने भन्दा पनि प्रदेस नं. ५ को विकासको मेडेल के हुने भन्ने विषयमा […]