डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १६:५९
 

डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निर्माण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निर्माण कार्य शुरु भएको हो ।

एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि विद्यालयको पुर्वाधारको आवश्यकता रहेको भन्दै पालिकाभित्र रहेका विद्यालयहरुको अवस्था सुधारका लागि विशेष जोड दिए ।

अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्नका लागि पालिकाभित्र क्याम्पस स्थापनाका लागि तयारी भईरहेको भन्दै क्याम्पस सञ्चालनका लागि विद्यालयको अवस्था र अन्य पुर्वाधारको व्यवस्थापन गरिरहेको बताए ।


गाउँपालिकाको आर्थिक सहयोगमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड २९ लाख ३२ हजार ४ सय ८२ को लागतमा जारा इन्जिनियरिङ्ग कन्स्ट्रक्शन कोहलपुरले निमार्णको ठेक्का पाएको छ ।

विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अध्ययन गर्न कक्षा कोठाको समस्या भएपछि भवन निर्माण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए । उनका अनुसार विद्यालयमा रहेका पुराना भवनहरु समेत जिर्ण अवस्थामा रहेकाले कक्षा कोठाको अभाव भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो ।

सोही विद्यालयमा थप ३ कोठे भवन अहिले निमार्णाधिन रहेको छ । एक महिनाभित्र भवन निर्माण सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा टाटाको नेक्सन इभी म्याक्स

११ जेष्ठ २०८०, बिहीबार १६:५९
नेपालगञ्ज :  रुद्रप्रिया इन्टरनेशनल नेपालगञ्जले टाटाको नेक्सन इभी म्याक्स नेपालगञ्जमा बिक्रि बितरणको लागि सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री तथा डिलर पार्टनर माधव शर्माद्वारा संयुक्त रुपमा गरिएको हो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप […]