बाँकेका किसानद्वारा मुख्यमन्त्री पोख्रेललाई ज्ञापन

५ कार्तिक २०७६, मंगलवार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : फौजी किराले दुःख दिएपछि बाँकेका किसानले मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्जमै रहेका मुख्यमन्त्री पोख्रेललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै किसानहरुले फौजी किराको व्यवस्थापन र सहयोग गर्न आग्रह गरेका थिए ।
बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा हुने धान खेतीमध्ये फौजी किराले झण्डै १७ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । फौजी किरा पूर्णरुपमा नियन्त्रणमा नआएको र धान काट्न बाँकी रहेका कारण क्षतिको विवरण अझ बढ्नसक्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । नियन्त्रणका लागि किसानलाई सूचना प्रवाह, स्थलगत अनुगमन र केही स्थानमा विषादीको पनि प्रयोग गरिएको छ ।
आगामी बालीमा समेत किरा लाग्ने सम्भावना भएकाले सचेतनालगायतका अन्य कार्यक्रम सञ्चालन गर्ने तयारी छ । फौजी किराको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि बाँकेमा किसानहरुले राम्ररी नपाकेको धान भित्र्याउन थालेका छन् ।

Next Post

नेकपा बाँके निकट जनप्रतिनिधिलाई मुख्यमन्त्रीको प्रशिक्षण

५ कार्तिक २०७६, मंगलवार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज  : पाँच नंबर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका तर्फबाट विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका छन् । नेकपा पार्टी जिल्ला संगठन कमिटीको आयोजनामा जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिनका लागि मुख्यमन्त्री पोख्रेल मंगलबार नै नेपालगञ्ज आईपुगेका हुन । बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि पालिकाका […]