सोमवार बाँकेमा २३ संक्रमित थपिए, ७ डिस्चार्ज

सदरलाइन संवाददाता २५ श्रावण २०७८, सोमबार १४:१६
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १९ र मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको छ । बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये ६ जना बाँकेका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय २५ पुगेको छ ।

यस्तै सोमवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ९३ पुगेको छ । यस्तै थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३२३ पुगको छ ।

जिल्लामा १२ संक्रमित गम्भीर छन् भने १८ जना मध्यम खाले बिरामी हुन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ । जिल्लामा सक्रिय संक्रमित १२९ जना रहेको फोकल पर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया ट्राफिकद्धारा एक करोड राजश्व संकलन

२५ श्रावण २०७८, सोमबार १४:१६
बर्दिया : जिल्ला ट्राफिक कार्यालय बर्दियाले आर्थिक वर्ष ०७७÷०७८ मा एक करोडबढी राजश्व संकलन गरेको छ । यो आर्थिक वर्ष ०७६÷०७७ भन्दा करिव दोब्बरले बढीले हो । आर्थिक वर्ष ०७७÷७८ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको छ । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने ६५ […]

सम्बन्धित