सदरलाइनडटकम,
कैलाली : डडेल्धुराबाट महेन्द्रनगरका लागि आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस शनिवार दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ । क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार भिमदत्त राजमार्गको डोटीको जोरायल गाउँ पालिका–२ गरुड भन्ने सडक खण्डमा बस दिउँसो सवा तीन बजे दुर्घटना भएको हो ।
बसमा सवार २५ जना यात्रु मध्ये १० जना घाइते भएका छन् । घाइते सबैको उद्धार भएको छ । घाइते मध्येका चार जनालाई गम्भीर प्रकृतिको चोट लागेको क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् ।
अन्यको अवस्था समान्य रहेको छ । घाइतेलाई अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको उनले बताए । बस अनियन्त्रत हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।
