दोलखाको पहिरोपीडितलाई एसएस फाउण्डेशनको सहयोग

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १५:०६
 

काठमाण्डौ : बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउण्डेशनले सहयोग गरेको छ । फाउण्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनमार्फत् फाउन्डेशनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रमा लिंदेनसहित फाउञ्डेशनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्का कार्यक्रममा उपस्थित थिए ।
बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए । यस्तै उनका साढे दुई वर्षको नातीको मृत्यु भएको थियो ।


हाल काठमाण्डौको यज्ञ थमीको मन मोहन कार्डियोथिरसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारी को ट्रमा सेन्टरमा उपचार भइरहको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेशनले सहयोग गरेको हो ।

‘दोलखामा समस्यामा परेकाहरूलाई फाउण्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ । हामी विपदमा परेकाहरुलाई सहयोग गर्न सधैं तत्पर हुनेछौं,’ संरक्षक उप्रेतीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जदेखि छिन्चु जाँदै गरेको कारबाट अबैध सामान बरामद

२१ श्रावण २०८०, आईतवार १५:०६
नेपालगञ्ज : सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट आईतबार अबैध समान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका ४ जनाको प्रहरी टोलिले कुर्ता सुरुवाल २ सय ४७ पिस, धोती ३६ पिस, तन्ना ८ पिस, थानको लुङ्गी ५ रोल बरामद गरेको हो । नेपालगञ्जदेखि छिन्चु तर्फ जाँदै गरेको बा १६ च […]