हुस्सुका कारण बाँकेमा पल्टियो मालबाहक ट्रक

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १४:०३
 

नेपालगञ्ज : पुर्ब पश्चिम राजमार्ग अन्तरगत बनकटवाको गडरहि चोकमा एउटा मालबाहक ट्रक पल्टिएको छ ।

बिहीवार बिहान ३ बजे बाँकेको बैजनाथ गाउपालिका वडा नंं ६ स्थित गडरहि चोक नजिक पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको रा १ ख २२५६ नम्बरको ट्रक पल्टिएको अबस्थामा भेटिएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति नभएपनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


बाँकेमा बिहीवार बिहानैदेखि हुस्सु लागेको र भिजिबिलिटि समेत अत्यन्त न्युन रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मालबाहक ट्रकमा कतिजना सवार थिए र उक्त ट्रकमा के कति माल सामान रहेको बारे केहि खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा शिक्षक हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ

७ पुष २०७९, बिहीबार १४:०३
नेपालगञ्ज : बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन् । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको हत्या गरेको अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर […]