अपांगमैत्री गाउँपालिका निर्माणमा जोड

२ कार्तिक २०७६, शनिबार १७:५२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई नमूना गाउँपालिका बनाउन अपांगमैत्री गाउँपालिका हुनु पर्ने बताएका छन् । उनले खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी वर्गीकरणका आधारमा परिचयपत्र वितरण गरेर उनीहरुले पाउने सुविधा प्रदान गर्दै आएको बताए ।
खजुरा गाउँपालिका वडा नं. ४ ई गाउँमा शनिवार सहारा अपांग समूहको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले अपांगताका लागि खजुरा गाउँपालिकाले विशेष प्राथमिकता दिइरहेको बताए । उनले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई घरदैलोमै स्वास्थ्य शिविर र अन्य सेवा पुर्याउँदै आएको बताए । खजुरामा विकासलाई अगाडि बढाउँदै अध्यक्ष कक्षपतिले पूर्वाधार विकासमा कालोपत्रे सडक, बहुउद्देश्यीय सभाहल, शीतभण्डारलगायतका काम अगाडि बढेको बताउँदै जनतासंग गरेका वाचा अनुसारका काममा जनप्रतिनिधि लागिरहेको उल्लेख गरे ।
नेपालमा विकासको फड्को मार्दै अगाडि बढेको सन्दर्भमा जनताले जनप्रतिनिधिको मूल्यांकन गरिरहेको र जनता नै न्यायाधीश रहेको उनले बताए । सहारा समूहका अध्यक्ष झुपबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समूहलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनार, स्थानीय राजनीतिक दलका अगुवा, स्थानीय समाजसेवीले अपांगमैत्री गाउँपालिका खजुरा समृद्धिको आधार भएको बताए ।

Next Post

खजुरामा सम्मेलनको तयारी तीब्र

२ कार्तिक २०७६, शनिबार १७:५२
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाको आयोजनामा यही कार्तिक ६ र ७ गते हुने बृहत खजुरा सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा बनेको वहृत खजुरा विकास सम्मेलन व्यवस्थापन समितिले ज्ञानोदय नमूना माविमा हुने सम्मेलनलाई भब्य र सभ्यरुपमा सञ्चालन गर्न आफ्ना तयारी अगाडि बढाएको […]

सम्बन्धित