सदरलाइनडटकम,
काठमाण्डौ : टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण ९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ ।
भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा कयौँ घाइते भएका छन् ।
भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ । भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत र उद्धारका लागि ४०० टोली परिचालन गरिएको छ । (एजेन्सी)
