कोहलपुरले शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १३:३८
 

नेपालगञ्ज : कोहलपुुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँगको सहकार्यमा शैक्षिक नीति निर्माणसँगै समावेशी तथा विशेष आवश्यकता कार्यक्रम सञ्चालन गर्ने, बहुसाक्षरता कार्यक्रम सञ्चालन गर्ने, परीक्षा सञ्चालन तथा मूल्याङ्कन अभिमुखीकरण कार्य गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रम र शिक्षकहरू एवम् शिक्षक अगुवाहरूको व्यवसायिक विकासका अवसरहरूलाई बढवा दिने कार्यक्रम सञ्चालन गर्ने भएको हो । कोहलपुर नगरपालिकाबीच नगरपालिकाभित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयले जनाएको छ ।

नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डिन डा. बालचन्द्र लुइँटेलका उपस्थितमा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्झौता गरिएको छ । सम्झौताले शिक्षामा प्रतिबद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा रहेको विश्वविद्यालयको भनाई छ ।


साथै सहकार्य अन्तर्गत काठमाडौँ विश्वविद्यालयले कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आफ्नो विशेषज्ञता प्रदान गर्नेछ भने नवीनतम् शिक्षण विधिहरू लागु गर्नेछ ।

सम्झौतापछि कोहलपुर नगरपालिकाका विद्यालयको पूर्वाधार विकासका लागि उपयुक्त सिकाई वातावरण सुनिश्चित गर्न स्रोत साधन विनियोजन गर्न प्रतिबद्ध रहेको र साझेदारीले शैक्षिक प्रक्रियामा अभिभावक र समुदायको सक्रिय संलग्नतालाई जोड दिने नगर प्रमुख आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

८ माघ २०८०, सोमबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा ’सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि नगर क्षेत्रभरि सूर्तीजन्य पदार्थको उपभोग तथा विक्रि वितरणमा पूर्णरुपमा निषेध गर्ने गरी आवश्यक […]