सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा बालविवाह बिरुद्धको अभियानमा लागेका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम सम्पन्न भएको छ ।
प्लान ईनटरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ञ्को सहयोग स्याक नेपालको आयोजना तथा सचेतन किशोरी क्लवको समन्वयमा सुरु भएको सो तालिम कोहलपुर नगरपालिका विभिन्न वडामा गठन भएका किशोरी क्लवहरुबाट २७ जना किशोरी सहभागि रहेका छन् ।
वालविवाह रोकथाम परियोजना अन्तरगत बिभिन्न किशोरी क्लवमा आवद्ध भएका किशोरी क्लवका पदाधिकारी सहभागि रहेको तालिमलाई पत्रकारद्वय रुद्र सुवेदी र शंकर खनालले सहजिकरण गरिहेको परियोजनाको फिल्ड सुपरभाइजर लसिना ओलीले जानकारी दिईन ।
बालविवाह बिरुद्ध सक्रिय किशोरीलाई यस्ता तालिमले समाजमा बढ्दो बाल विवाह न्यूनिकरणमा मद्दत पुराउने विश्वासका साथ तालिमको आयोजना गरिएको उनले बताईन ।
तलिममा कोहलपुर नगरपालिकाका सबै वडाका किशोरीहरुको सहभागिता रहेको छ ।