श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

२७ आश्विन २०७६, सोमबार १६:१६
 

सदरलाइनडटकम,
कैलाली : श्रीमानको कुटाईबाट कैलालीमा श्रीमतीको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
श्रीमानको कुटाईबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतवार राति करीब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
उनका श्रीमान् धिरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ । धिरेन्द्रलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता हुने प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

Next Post

मोटरसाइकलको ठक्करबाट वृद्धकोे मृत्यु

२७ आश्विन २०७६, सोमबार १६:१६
सदरलाइनडटकम, कैलाली : मोटरसाइकलको ठक्करबाट कैलालीको खुटियामा एक जना वृद्धको मृत्यु भएको छ । से ३ प ६०६ नम्बरको मोटरसाइकलले सोमवार बिहान ठक्कर दिँदा चुरे गाउँपालिका वडा नम्बर ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको मृत्यु भएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ खुुटिया पुलनजिकै आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको […]