मोटरसाइकलको ठक्करबाट वृद्धकोे मृत्यु

२७ आश्विन २०७६, सोमबार १६:२२
 

सदरलाइनडटकम,
कैलाली : मोटरसाइकलको ठक्करबाट कैलालीको खुटियामा एक जना वृद्धको मृत्यु भएको छ । से ३ प ६०६ नम्बरको मोटरसाइकलले सोमवार बिहान ठक्कर दिँदा चुरे गाउँपालिका वडा नम्बर ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ खुुटिया पुलनजिकै आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकाउनलाई उपचारका लागि अत्तरिया स्थित पद्मा अस्पताल लगिएको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । दुर्घटनामा मोटरसाइकल चालक लम्की चुहा नगरपालिका ९ का ३८ वर्षीय बिश्राम चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ । दशैको अन्तिम टिका थापेर घर फर्किंदै गरेको अवस्थामा आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठम्ककरबाट केही बेर सडकमै लडेका उनलाई केही समय पछि पुगेका उनका आफन्तले उद्धार गरेर अस्पताल लगेका थिए ।

Next Post

कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा शुरु

२७ आश्विन २०७६, सोमबार १६:२२
सदरलाइनडटकम, काठमाण्डौ : भारत प्रशासित कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा शुरु गरिएको छ । गत अगष्ट ५ मा भारत सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेसँगै कश्मीरमा मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट बन्द गरिएको थियो । मोबाइल फोन सेवा शुरु भएसँगै झण्डै ४० लाख पोस्टपेड मोबाइल […]