सदरलाइनडटकम,
कैलाली : मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका ३ चिसापानी नजिकैको भएको मोटरसाइकल दुर्घटनामा टीकापुर नगरपालिका १९ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
टीकापुरबाट चिसापानी जाँदै गरेको से ७ प १४९६ नम्बरको मोटरसाइकल शनिवार विहान अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका शाहीको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अभिषेक सोडारी पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । लालरत्न अस्पतालबाट उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।
