बाँकेमा गरियो कृत्रिम घटनाको अभ्यास

२६ आश्विन २०७६, आईतवार १४:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :
‘अत्यावश्याक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रभाव हुनबाट जोगाऔं’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस नेपालगञ्जमा मनाईएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति (जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र)को आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सेवा, नेपाली सेना र शसस्त्र प्रहरीले खोज तथा उद्धार सामग्री प्रर्दशन र आगो नियन्त्रणको कृत्रिम घटना अभ्यास (सिमुलेशन) गरिएको थियो । आगलागीमा परी घाइते भएका व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले प्राथमिक उपचार सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले प्रचलित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र विपद् सम्बन्धी अन्य कानूनी व्यवस्थाबारे प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्दका अध्यक्ष विश्वजीत तिवारीले उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले विपद् व्यवस्थापन सम्बन्धमा गरेको फैसलाबारे अनुभव आदानप्रदान गरेका थिए ।



प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कुमारबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई कार्यालय, विभिन्न क्षेत्रगत अगुवा निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Next Post

राजकीय भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता

२६ आश्विन २०७६, आईतवार १४:५८
सदरलाइनडटकम, काठमाण्डौ : नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनि आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गरेकी थिईन । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, […]