पूर्व सांसद कृष्णसिंह परियारको निधन

सदरलाइन संवाददाता ४ असार २०७८, शुक्रबार १२:३५
 


नेपालगञ्ज  :  पूर्व सांसद् कृष्णसिंह परियारको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । मधुमेह, उच्च रक्तचापको समस्याले ग्रशित नेता परियारको शुक्रबार विहान ७ बजे नेपालगञ्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । स्व. परियार राज्य ब्यवस्था समितिको सभापति समेत भएर कार्य गरेका थिए ।
उनी पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा सरिक हुँदै आएका उनी सादगीपूर्ण जीवनयापन गर्दथे । स्व. परियारका २ श्रीमती, ३ छोरी र ४ छोरा मध्ये जेठी श्रीमतीको गतवषर््ा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पंचायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा धेरै दुःख कष्ट ब्यहोर्दै जेल समेत परेका थिए । नेता परियार जातीय विभेद विरुद्ध अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा मानिन्थे ।


स्व. नेता परियारको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म राखिने र अन्तिम संस्कार राप्ती नदीको सिद्धनियाँ घाटमा गरिने नेपाली काँग्रेसका युवा नेता सुधान्शु् कोईरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

४ असार २०७८, शुक्रबार १२:३५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत दंगीशरण ४ दाङकी ६३ वर्षीया महिला र विरेन्द्रनगर ४ सुर्खेतकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३१० जना […]

सम्बन्धित