कैलालीमा स्कारपियो दुर्घटना हुँदा २७ जना घाईते

सदरलाइन संवाददाता २९ मंसिर २०७८, बुधबार १३:२१
 

नेपालगञ्ज : कैलालीमा बस र स्कारपियो ठोकिदा २७ जना घाइते भएका छन् । बुधवार विहान सवा १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित गोराङ्गेमा बस र स्कारपियो ठोकिदा २७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसमा सवार २४ जना र स्कारपियोमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भने कसैको पनि भएको छैन ।


काठमाण्डौबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किएर सडकमा पल्टिएका थिए ।

दुर्घटनामा घाइते भएकाहरुको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भईरहेको छ । बसमा ४१ जना सवार रहेका थिए । घाइते मध्यमा केहिको अवस्था सामान्य रहेको छ भने केहीको मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ

२९ मंसिर २०७८, बुधबार १३:२१
नेपालगञ्ज : ५५ ग्राम ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिकाका वर्षीय ३२ सुवास विक पक्राउ परेका हुन् जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपाने अनुसार उनीहरुलाई मंगलवार बेलुका ७ बजे नेपालगञ्ज उपमहानगरपालिका […]