नेपालगञ्जमा रनिङ्ग शिल्ड प्रतियोगिता हुने

२२ माघ २०७६, बुधबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७६ माघ २७ गतेदेखि नेपालगञ्जमा हुने भएको छ । मंगल मावि नेपालगञ्जमा २९ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने ।
मेयर कपसँगै अन्तर माविस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको खेलाडी छनौटसमेत हुनेछ । प्रतियोगिताको आयोजना तथा ब्यवस्थापन समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको अध्यक्षतामा बुधवार सरोकारवालाहरुको बैठकको निर्णयानुसार प्रतियोगिता हुने भएको हो ।
सहभागी विद्यार्थीले २४ गतेभित्र शिक्षा शाखामा आवश्यक कागजातसहित नाम दर्ता गराउनु पर्ने बैठकले निर्णय गरेको छ । यसैगरी मार्चपासका खेलमा सम्बन्धित खेलाडीलाई मात्रै सहभागी गराउने बैठकले निर्णय गरेको छ । सहभागी खेलाडी १८ वर्ष मुनीको हुनुपर्ने र त्यसको सिफारिस गर्ने जिम्मा प्रधानाध्यापकको हुने बैठकले निर्णय गरेको छ ।

Next Post

हात्तिपाइले औषधि सेवन नगर्नेलाई सुविधाबाट बञ्चित गरिने

२२ माघ २०७६, बुधबार १८:५२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : राष्ट्रिय हात्तिपाईले (फाइलेरिया) रोग निवारण अभियान २०७६ अन्तर्गत कोहलपुर नगरपालिका, रझेना स्वास्थ चौकिले हात्तिपाईले रोग तथा आम औषधी खुवाउने कार्यक्रम सम्बन्धी वडास्तरीय अन्तरक्रिया कार्यक्रम कोहलपुर १ र २ मा सम्पन्न भएको छ । सरकारले हात्तिपाईले रोग निवारणका लागि बर्षेनी करोडौ करोड रकम खर्च गरेर यो अभियान […]

सम्बन्धित