जापानमा शक्तिशाली ‘ह्यागिबिस’ आँधी

२५ आश्विन २०७६, शनिबार १४:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : जापानमा शनिवार आएको शक्तिशाली आँधी ‘ह्यागिबिस’ राजधानी टोकियोतिर अघि बढिरहेको छ । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ । आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियो ।
आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधिकारीहरुले जनाएका छन् । निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो । एक हजार ६ सय बढी विमानहरुले पनि उडान गर्न पाएका थिएनन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिवार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ ।
चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।
(एजेन्सी)


Next Post

धारिलो हतियार प्रहार गरी आमाछोरीको हत्या

२५ आश्विन २०७६, शनिबार १४:३२
सदरलाइनडटकम, उदयपुर : धारिलो हतियार प्रहार गरी उदयपुरमा एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिबारीमा आमा र छोरीको हत्या भएको हो । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार […]