बुधबार बाँकेमा ५१ जनामा संक्रमण पुष्टि, १२५ डिस्चार्ज

सदरलाइन संवाददाता १२ जेष्ठ २०७८, बुधबार १७:५५
 

नेपालगञ्ज : बाँकेमा बुधबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय २५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

जिल्लाका दुईवटा प्रयोगशालामा २ सय जनाको नमूना परिक्षण हुँदा ५१ जनामा कोरोना पुष्टि भएको थियो । ति मध्य २२ जना बाँकेका हुन भने २९ जना अन्य जिल्लाका हुन ।


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबार जिल्लामा २२ जना थपिदा ५८ महिला र ६७ पुरुष गरी १ सय २५ जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा बाँकेका तीन जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लावाट उपचारका लागि आएका ४ जनाको बाँकेका अस्पतालमा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ७ जनाको ज्यान गयो

१२ जेष्ठ २०७८, बुधबार १७:५५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ जना, बर्दियाका २ जना तथा दाङ, कैलाली र कंचनपुरका १÷१ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]