घुस रकमसहित कर्मचारी पक्राउ

५ श्रावण २०७५, शनिबार १४:५४
 

लहान, : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ ।

गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो ।

टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद रु ७० हजार बरामद भएको जानकारी दिनुभयो ।
सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ ।


अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको जनाएको छ । (रासस)

Next Post

अध्यक्ष र लेखा सदस्यले सहकारीको खाए ११ लाख, स्थानीयलाई टेर्नै छोडे

५ श्रावण २०७५, शनिबार १४:५४
सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ । एक सय ३२ जना शेयर सदस्य रहेको उक्त सहकारी २०६६ सालमा स्थापना भएको […]