शहिद सेतु विकको शालिक तोडफोडप्रति एमाले बाँकेको आपत्ति

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १७:२४
 

नेपालगञ्ज : शहिद सेतु विकको शालिक तोडफोड गरेको प्रति नेकपा एमाले बाँकेले आपत्ति जनाएको छ । एमाले बाँकेका अध्यक्ष किस्पमत कुमार कक्षपतिले शालिक तोडफोड गरिएको प्रति घोर निन्दा गर्दै भत्र्सना गरेका छन् ।

०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनु पर्नेमा जनआन्दोलनमा ज्यान गुमाउने शहिदकै शालिक तोडफोड गर्ने कार्य निन्दनीय भएको कक्षपतिको भनाई छ ।

संघीयतालाई बलियो बनाउनु सबै लोकतान्त्रिक शक्तिहरुको साझा जिम्मेवारी रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।


बिहीवार विहान नेपालगञ्जमा रहेको शहिद सेतु विकको शालिकमा केहि युवाहरुले तोडफोड गरेका थिए । धम्बोजिमा स्वा. पूर्व वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि त्यसको प्रतिकारमा सेतु विकको शालिक तोडफोड भएको थियो ।

नेपालगञ्जमा वीरन्द्रको शालिक राख्नेक्रममा बिहीवार विहान विवाद भएपछि प्रहरीले गोली समेत चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरको कार्यपालिकामा कांग्रेसको बहुमत

१९ जेष्ठ २०७९, बिहीबार १७:२४
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । ६ जना कार्यपालिका सदस्यका लागि शुक्रवार भएको निर्वाचनबाट कांग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा कालावती धोवी, मायावती धोबी, मोहर बासा धोवी र समुन्दरा धोवी विजयी भएका हुन् । यस्तै दलित अल्पसंख्यकतर्फ अब्दुल रैमान […]