सदरलाइनडटकम,
उदयपुर : धारिलो हतियार प्रहार गरी उदयपुरमा एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिबारीमा आमा र छोरीको हत्या भएको हो ।
त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवैको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । हत्या कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् ।
हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । एसपी मगरका अनुसार घटनाको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुर मगाइएको छ । मृतक सारदाका श्रीमान् वैदेशिक रोजगारको क्रममा देशबाहिर रहेको मृतकका आफन्तहरूले बताएका छन् ।
