जीवन भेटिए खजुराको सिमली छायाँमा, बद्रीले बुधबार घाम लगाउदै

१८ माघ २०७३, मंगलवार १३:०४
 

सदरलाइनडटकम    
१८ माघ, खजुरा (बाँके) : बाँकेको खजुरामा मगलबार जनगायक जीवन शर्माले आफ्नो प्रस्तुती पस्केका छन् । ‘सिमली छायाँमा बसी भरीया लामो सास फेरेको गीतबाट प्रस्तुती दिन शुरु गरेका शर्माले मधेशी, पहाडी, हिमालमा हिमाली, झरनाको चिसो पानी, देश जान थाल्यो टुक्क्रा टुक्क्रा परेर लगाएतका आधा दर्जन जनबादी गीत गाएर उपस्थित दर्शकको मन जितेका छन ।
लोक आधुनिक गायीका तृप्ती खडकाले महोत्सबमा धमाका मच्याइन । गायीका खड्काले दोहोरी र आधुनिक गीत गाएर दर्शकको तृष्णा मेटाइन । अर्कि लोक तथा दोहोरी गायीका करिष्मा घर्तिले लाइभ दोहोरी गाएर दर्शक नचाइन ।
महोत्सबमा मगलबार डान्स आइडल तर्फ दुई जना फाइनल राउण्डमा गएका छन । निशु थापा र मोनिका मगर फाइनल राउण्डमा गएका हुन । स्थानीय कलाकारले मेलालाई थप आर्कषक बनाएको प्रसार प्रचार समितिका सम्योजक तिलक गाउलेले बताएका छन ।
हाम्रो खजुरा हाम्रो सान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

बुधबार बद्री पंगेनीको प्रस्तुती

आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारका अनुसार बुधबार लोक तथा दोहोरी गीत गायक एव लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्रि पगेनीले लगाएतका केन्द्रीय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पतिको यतानाको कारण आत्मदाहको प्रयास गरेकी अनिसाको उपचारको क्रममा मृृत्यु, आरोपी पती प्रहरी नियन्त्रणमा

१८ माघ २०७३, मंगलवार १३:०४
सदरलाइनडटकम   १९ माघ, नेपालगन्ज : गत माघ ६ गते राती नेपालगन्ज–१२ खटिकनपुरुवाकी २३ वर्षीया अनिसा खटिक माथि आगजनी गर्ने उनका पती राजेन्द्र खटिक नेपाल भारत सिमा क्षेत्रबाट प्रहरी नियन्त्रणमा परेका छन् । घटनाको दुई हप्तापछि राजेन्द्रलाई प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा […]