रोजगारी प्रवर्धनकालागि स्थानीय सरकार र महिलाहरुविच संवाद

सदरलाइन संवाददाता ४ फाल्गुन २०७९, बिहीबार १२:३१
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवर्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।

सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताइन् । उनले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।

संवाद कार्यक्रममा नगरपालिकाको उद्यम विकास शाखा प्रमुख थिरनाथ कँडेलले नगरपालिकाबाट सञ्चालन हुने आयआर्जन सम्बन्धि कार्यक्रमलाई सहकारीसंग लिंक गराएर महिलालाई अवसर प्रदान गरिने बताए ।


महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले लघुकर्जामा आम महिलाको पहुँच पुर्याउनका लागि समन्वय र सहयोग गरिने बताए ।

उद्योग बाणिज्य संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले आयआर्जन र रोजगारमुलक कार्यक्रम सञ्चालनमा उद्योग वाणिज्य संघको पुर्ण सहयोग र समर्थन रहने बताए ।

कार्यक्रममा वडाध्यक्षहरु प्रकाश चौधरी, जोगिराम थारु, सुरेश गौतम, विष्णु यादव, रतन ठकुरानी, सुधान्सु प्रकाश शर्मा, नगरपालिकाका रोजगार सहायक अमृत बोहोरा लगायत विभिन्न शिप तालिम लिईरहेका तालिमका सहभागि र अभिभावक गरेर ४० जनाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।

संवाद कार्यक्रमको सहजीकरण सहजकर्ता मुकुन्द अर्यालले गरेका थिए । यसअघि सोही प्रकारको संवाद कार्यक्रम बर्दियाको ठाकुरबाबा नगरपालिकामा पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका साहित्यकार ढकाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनीत

४ फाल्गुन २०७९, बिहीबार १२:३१
नेपालगञ्ज : नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ जना प्रज्ञा सदस्यहरु मनोनय गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को परिच्छेद ३ को ८ को उपदफा (३)ले दिएको अधिकार बमोजिम ३५ जनालाई प्रज्ञा सदस्यका रुपमा मनोनित गरेको हो । प्रज्ञा सदस्यमा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु मनोनित गरिएको बताइएको छ । […]