बाँकेका ३०० बालबालिका दादुरा संक्रमित, २९२ जना निको

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १४:०४
 

नेपालगञ्ज : बाँकेमा दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । पुष १२ गतेदेखि फैलिएको दादुरा आइतबारसम्म ३०० बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेको पाँच पालिकामा गरी संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो । हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेका छन् भने सात जना आइसोलेशनमा उपचाररत छन् ।


दादुराका कारण हालसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । अहिलेसम्म एकलाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिरमा हरेक महिना दुई पटक महाआरती हुने

१६ माघ २०७९, सोमबार १४:०४
नेपालगञ्ज : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आइतबार गरिएको महाआरतीले निरन्तरता पाउने भएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने महाआरती पहिलो पटक बागेश्वरीमा आयोजना गरिएको हो । बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । ‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ’, नगर प्रमुख […]

सम्बन्धित