सदरलाइनडटकम,
दाङ : दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुबेको प्रहरीले बताएको छ ।
लमही ९ बाङ्गेतालकी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका १० नारायणपुरकी १५ बर्षीया निरु बोहराको डुबेर मृत्यु भएको हो । दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
