प्रदेश नं. ५ को सुरक्षा अवस्था विभिन्न ७ विषयमा प्राथामिकता

१ पुष २०७४, शनिबार १८:१४
 

सदरलाइनडटकम
१ पुस, नेपालगन्ज : संघिय प्रहरीको प्रदेश नं. ५ का प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक मधुप्रसाद पुडासैनीले प्रदेशको सुरक्षा अवस्थालाई विभिन्न ७ वटा विषयलाई प्राथामिकतामा राखेको बताएका छन् । संघिय प्रहरी प्रदेश नं. ५ तुलसीपुरले नेपालगन्जमा आयोजना गरेको प्रतिनिधि सभा र प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको सुरक्षा समिक्षाको विषयमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले प्रदेश नं.५ मा निर्वाचनलाई लक्षित गरी बम विष्फोट १६, गोली प्रहार १, शंकास्पद बस्तुफेला परेको २६, मतदान सामाग्री लुटिएको २, म्यादी प्रहरीको मृत्यु १, म्यादी प्रहरी घाइते १ र सर्वसाधारण घाइते ७ भएको बताए । निर्वाचन अवधीभर प्रदेश नं.५ का सबै जिल्लाहरुबाट १ सय ४५ जनालाई नियन्त्रणमा लिएका जानकारी दिदै ती मध्ये १३ जनालाई सामान्य सोधपुछ पछि छाडिएको र १ सय ३२ जना उपर मुद्धा चलाईएको एआईजि पुडासैनीले जानकारी दिए ।


उनले प्रहरीले प्रभावकारी शान्ति सुरक्षा, अपराध अनुसंधान र नियन्त्रण, प्रभावकारी प्रहरी सेवाको प्रवाह, प्रविधिको अधिकतम उपयोग, सुशासन कायम गर्न प्रशासनिक सुधार, बैज्ञानिक रुपमा जनशक्ति परिचालन, जनताको अपेक्षाको पहिचान संगै सम्बोधन र प्रभावकारी ट्राफिक व्यवस्थापनमा विषेश रुपले परिचालित हुँदै सेवा प्रवाह गर्ने समेत बताए ।
उनले बढ्दो सवारी दुर्घटनालाई कम गर्नको लागि १० दिन भित्र सबै खाले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर राख्नको निर्देशन दिई सकेको बताउदै मातहातका सबै प्रहरी कार्यालय तथा युनिटहरुलाई तस्करी नियन्त्रण साथै लागू औषधको कारोवारलाई निर्मुलपार्नको लागि सिडा अभियान सञ्चालनमा ल्याईको बताए ।
सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग बाणिज्य संघका नन्दलाल बैश्य, ईन्सेकका भोला महत, पूर्व प्रहरी उपरीक्षक श्याम तामङ्गलगायतले निर्बाचन केन्द्रीत सुरक्षाका बारेमा बोलेका थिए ।


Next Post

महोत्सवमा ‘धरहरा’ दर्शक तान्यो

१ पुष २०७४, शनिबार १८:१४
सदरलाइनडटकम  १ पुस, नेपालगन्ज : भुकम्पले भत्काएको काठमाण्डौंको ऐतिहासिक सम्पदा ‘धरहरा’ को झझल्को दिने ‘नमुना धरहरा’ले नेपालगन्जको शैक्षिक महोत्सव आउने दर्शकहरुलाई तानेको छ । महोत्सवमा आउने दर्शकहरु सो धरहरा हेर्न झुम्मिएका हुन्छन् भने तस्बिर र ‘सेल्फी’ खिचिरहेका हुन्छन् । ‘काठमाण्डौंको धरहरा कहिल्यै प्रत्यक्ष देख्न पाएको थिईन’—महोत्सव हेर्न कोहलपुरबाट आएकी दिपिका […]