निजामुद्दिन ईद्रिसीले चढाए दुर्गापूजालाई फलफुल र दक्षिणा

१७ आश्विन २०७६, शुक्रबार १९:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : हिन्दू समुदायको बडा दशैको अवसरमा नेपालगञ्ज १७ परसपुर क्षेत्रमा स्थापना गरिएका दुर्गाका मुर्तीमा पूजाको लागि फलफुल तथा दक्षिणा बितरण गरिएको छ ।
नेपालगञ्ज–१७ परसपुरका निजामुदिन ईद्रिसीले सो वडाका थुकैला, नदोईगाउ, परसपुर र ढोडेगाउलगायतका स्थानमा स्थपना गरिएका देवी दुर्गाको मूर्तीमा पूजा गर्नको लागि आवश्यक पर्ने अगरबत्ति, फलफुल र दक्षिणा वितरण गरेका हुन । उनी आफू ईस्लाम धर्मप्रति आस्था राख्ने भए पनि सबै धर्मको सम्मान गर्दै केही वर्षदेखि यसरी नै दुर्गा पूजामा सहभागि हुने गरेको बताए ।
‘बितेका ४÷५ वर्ष यता हरेक वर्ष बडा दशैको बेलामा स्थापना हुने दुर्गा भगवतीको मुर्तीमा पूजाको लागि फलफुल र दक्षिणा चढाउने गरेको छु । म सबै धर्म र समुदायलाई समान र बराबर सम्मान गर्ने भएकोले यस्तो कार्य गर्न सुरु गरेको हुँ’–उनले भने ।
उनले सो वडाका सबै गाउमा स्थापना गरिएको दुर्गा पूजाको पण्डालमा पुगेर त्यहाँका दुर्गा पूजा समितिलाई भेटेर सो सामाग्री हस्तान्त्रण गरेका थिए ।

Next Post

सद्भाव समितिद्वारा गुरुनानकको ५५०औ प्रकाशवर्ष (जन्मजयन्ती) बाँकेमा भब्यताका साथ मनाईदै

१७ आश्विन २०७६, शुक्रबार १९:००
सदरलाइनडटकम, नेपालगञ्ज  :  हिन्दू समुदायको बडा दशै तथा शिख समुदायको प्रवर्तक गुरुनानकको ५५० औ प्रकाश वर्ष (जन्म जयन्ती) बाँकेमा भब्यताका साथ मनाईने भएको छ । सो पर्वहरुलाई उत्साह र भब्यताको साथ सम्पन्न गर्नको लागि विभिन्न धर्मका धर्मगुरु, नागरिक अगुवा, सुरक्षाकर्मी, स्थानीय प्रशासन सहितको सहभागितामा बसेको सामाजिक सद्भाव समिति बाँकेको बैठकले […]

सम्बन्धित