बेमौसमी बर्षातले बाँकेका ईंट्टा व्यवसायी चिन्तित्

२६ माघ २०७५, शनिबार १६:०२
 
तस्बिर : सदरलाइनडटकम ।

सदरलाइनडटकम,
यदुराज मिश्र/नेपालगञ्ज : लगातारको वर्षातपछि परेको असिनापानीले बाँकेमा करीब १० करोड मूल्य बराबरको ईट्टा नोक्सान भएको छ । बेमौसमी वर्षात र असिनापानीका कारण करीब १० करोड मूल्य बराबरको काँचो इँटा नोक्सान भएको नेपाल ईट्टा व्यवसायी संघ बाँकेले जनाएको छ ।
शुक्रवार राती एक्कासी आएको असिनापानीका कारण सात लाख काँचो ईट्ट गलेर नष्ट भएको नेपालगञ्ज १४ स्थित रमन ईट्टा उद्योगका सञ्चालक पंकज मिश्रले बताए । यसअघि पनि परेको पानीले लाखौं ईट्टामा क्षति पुगेको भन्दै उनले बेमौसमी वर्षातले तयार पार्दै गरेका र पोल्नका लागि राखेका काँचो इँटा गलेर नष्ट भएको गुनासो पोखे ।
पोल्न तयारी अवस्थामा राखेका बेला असिनापानीले जिल्लामा करीब एक करोड गोटा ईट्टा नोक्सान भएको नेपाल ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताए । वर्षातले काम गर्न नसक्दा मजदूरको पारिश्रमिक र समय पनि नोक्सान भएको उनले बताए । बेमौसमी पानीले ईट्टा नोक्सान भएपछि ईटाको आपूर्ति कम हुने र मूल्यसमेत बृद्धि हुने देखिएको छ । बाँकेमा सूचिकृत करीब ५२ वटा ईट्टा उद्योगमा सरदर ५ लाखका दरले ईट्टा नोक्सान भएको अध्यक्ष खाँले जिकिर गरे ।


असिनापानीले बालीनालीमा ठूलो क्षति
शुक्रवार राती पानीसँगै परेको असिनाले बाँकेको कृषि क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । एक्कासी आएको असिनापानीले पाक्नै लागेको मसुरो, चना, रहर, तोरी, मकै लगायतका तरकारी बालीमा ठूलो नोक्सान पुर्याएको हो ।
बाँकेमा करीब सय हेक्टर बढी लगाइएको हिउँदे मकै बालीमा धेरै क्षति पुर्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँके सञ्चालक समितिका संयोजक जयपाल मौर्यले बताए ।
डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा लगाइएको करीब ६ सय हेक्टर आलुबालीमा असिनापानीले बढी नोक्सान गरेको कृषकहरु बताउँछन् । लगातार परेको पानी र गएराती आएको असिनाका कारण आलु कुहिन थालेको डुडुवा ६ का कृषक गुरुदिन यादवको भनाई छ ।
असिनाले गर्दा सागपात लगायत मसला बालीलाई समेत क्षति पुर्याएको भन्दै उनले गँहुबालीमा पनि नोक्सान गरेको जानकारी दिए । असिनापानीले बालीनालीमा पुगेको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य शुरु गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

Next Post

रेडक्रस सोसाईटी पुरैनी र बेतहनीको सभा सम्पन्न

२६ माघ २०७५, शनिबार १६:०२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं सभा शनिवार सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिवार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेको हो । पुरैनी उपशाखा सभामा बोल्दै रेडक्रसका पूर्वकेन्द्रीय उपाध्यक्ष सनत रेग्मीले देशको बिपत तथा जोखिमपछिको उद्धार […]