सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर अपहरणपछि करणी गर्न खोज्ने तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का १९ वर्षीय अनिल राना, २२ वर्षीय सञ्जित राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई कारागार चलान गरिएको हो ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कैलाली मार्फत कैलाली जिल्ला अदालत पेश गरेकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । प्रहरीका अनुसार उनीहरुले भदौ २१ गते राती धनगढी वडा नम्वर ७ की एक किशोरीलाई आफूहरु प्रहरी भएको भन्दै अपहरण गरी जवरजस्तीकरणी गर्न खोजेका थिए ।
अपहरणकारीले प्रहरी भएको भनेपछि किशोरीका आफन्तले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले नियन्त्रण नलिएको थाहा भएपछि किशोरीको खोजी शुरु भएको थियो । तीनै जनाविरुद्ध अहरण, शरीर बन्धक र जबरजस्तीकरणी सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो ।
Next Post
बजार अनुगमनमा पाँच लाखको अखाद्य भेटियो
११ आश्विन २०७६, शनिबार १३:५३
सम्बन्धित
-
२८ कार्तिक २०७९, सोमबार १५:१६
काँग्रेस बाँकेको संकल्प प्रस्ताव सार्वजनिक
-
२३ माघ २०७८, आईतवार १६:५३
कथित पत्रकार तमोलीमाथि कारबाही गरिँदै
-
१५ श्रावण २०७७, बिहीबार १७:५०
दोश्रो शिफ्टको परीक्षणमा थपिए तीन संक्रमित
-
५ मंसिर २०८०, मंगलवार १४:५७
असल छिमेकी पोलिक्लिनिद्वारा निःशुल्क स्वास्थ्य शिविर
-
९ पुष २०७४, आईतवार १८:३७
स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनको माग
-
२७ माघ २०७५, आईतवार १७:४३
व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना