काँग्रेस बाँकेको संकल्प प्रस्ताव सार्वजनिक

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १५:१६
 

नेपालगञ्ज : नेपाली काँगे्रस बाँके क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक गरेको छ । सोमवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १० वटा विषयसहितको संकल्प पत्र सार्वजनिक गरिएको हो ।

बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य सुदिपनर सिंह राणा, प्रतिनिधिसभा सदस्य सुरेन्द्र हमाल, राजकुमार वर्मा, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकी लगायतले क्षेत्र न २ का तर्फबाट संयुक्त संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

बाँके क्षेत्र न २ को आवश्यक्तलाई मध्यनजर गर्दै काँगे्रसका पालामा शुरु भएका विकास निर्माणका योजनामा थप आवश्यक योजना र कार्यक्रमलाई प्राथमिकीकरण गर्दै संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई महत्व दिइएको छ ।


पत्रमा खानेपानी, सरसरफाई, पर्यटन, यूवा रोजगार तथा खेलकुद, भौतिक पुर्वाधार तथा सडक, आर्थिक विकास, महिला तथा पछाडी परेको समुदाय लगायत अलग अलग विषय उठान र सम्वोधनको पहल गरिने उल्लेख गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगञ्ज विश्व विद्यालयको रुपमा स्तरोन्नती गर्ने, भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तरण गर्ने, नेपालगञ्जमा चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नदीमा बेपत्ता किशोरको शव ३ दिनपछि फेला

२८ कार्तिक २०७९, सोमबार १५:१६
नेपालगञ्ज : राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ । दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका १ बडहराका १६ वर्षीय निश्चल यादवको शव मंगलवार फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिए । १६ वर्षका […]