व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना

२७ माघ २०७५, आईतवार १७:४३
 

सदरलाइनडटकम,
जानकी (बाँके) : श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुलकुमार पाठकले व्यक्तिगत लगानीमा मुर्ति स्थापना गरेका हुन् ।
आइतवार श्रीपञ्चमीका अवसरमा मुर्तिको स्थापना गरिएको हो । शिक्षक पाठकले बिद्यालयको चोतर्फी पर्खाल निर्माण भए आफुले बिद्यालयमा सरस्वती माताको मन्दिरसहितको मुर्ति राखिदिने प्रतिबद्धता अनुसार बिद्यालय परिसरमा मुर्ति स्थापना गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अलि हलवाईले बताए ।
शिक्षक पाठकले भारतको आयोध्याबाट सरस्वती माताको मुर्ति ल्याएर मन्दिर निर्माण गरि स्थापना गरेका हुन् । करीब ६० हजार लगानीमा मन्दिरको चारैतिर टायल, स्टीलको प्रयोग गरि निर्माण गरिएको छ । बिगतमा बिद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने उक्त बिद्यालयमा अहिले सबैको सहयोग र साथले बिद्यालय राम्रो बन्दै गएको बिद्यालयका प्रधानाध्यापक मोहम्मद आलमिन राईले बताए । मुर्ति स्थापनासंगै आइतवार बिद्यालयमा भण्डारा पनि शिक्षक पाठकको लगानीमा सञ्चालन गरिएको छ ।

Next Post

नक्कली नोटसहित गोंगबुबाट एक पक्राउ

२७ माघ २०७५, आईतवार १७:४३
सदरलाइनडटकम, काठमाण्डौ : नक्कली नोटसहित गोंगबुमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा शनिवार छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए […]