ढकेरी पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

सदरलाइन संवाददाता ३ बैशाख २०८०, आईतवार १६:३३
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित वनस्पति उद्यान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

ढकेरी वनस्पति उद्यानका सहायक वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् ।

“सामाजिक सञ्जाल टिकटक बनाउनकै लागि दाङ, बर्दियालगायतका जिल्लाबाट समेत पर्यटकहरू आउनेगरेका छन” सहायक वैज्ञानिक अधिकृत भण्डारीले भने, “अहिले ढकेरी पार्क आकर्षक र रोमाञ्चक पनि भएको छ ।” अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउने गरेका छन् ।


नयाँ वर्षको दिनमा खजुराबाट पार्क घुम्न आउनुभएका देवबहादुर बिसीले सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति भएको बताए । “चारैतिर फूलको पार्क भएका कारण यहाँ आएर घुम्न एकदमै आनन्ददायक छ” बिसीले भने, “पहाडको नजिकै भएका कारण गर्मी समयमा शीतलताको पनि अनुभूति हुने गरेको छ ।”

पार्कभित्र विभिन्न थरिका फुलहरूले यतिबेला चारैतिर रङ्गिएको छ । पार्कभित्र विभिन्न प्रजातिका फूलसहित करिब चारसय प्रजातिका अन्य वनस्पति रहेका छन् । पार्कभित्र चेरी, डालिया, पिटुनियालगायतका बहुबर्षीय र मौसमी फूलहरू छन् ।

पार्कमा अध्ययनका लागि काठमाण्डौ, पोखरालगायतका विद्यार्थी आउने गरेका छन् । ढकेरी पार्कले वनस्पतिहरूको सङ्कलन, पहिचान र संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । ढकेरी पार्क अवलोकनका लागि भारतीय पर्यटकसमेत आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट दाङमा २ युवकको मृत्यु

३ बैशाख २०८०, आईतवार १६:३३
नेपालगञ्ज : ट्रकको ठक्करबाट दाङमा मोटरसाइकलमा सवार २ जना युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङल्र जनाएको छ । सोमवार बिहान साढे ११ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ […]