हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १३:०५
 
फाइल तस्विर

हुम्ला : हुम्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

बिहीवार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

मौसम परिवर्तनसँगै बिहीवारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् ।


दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाई छ । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ ।

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात शुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘ओमिक्रोन’ रोकथामका लागि जमुनाहा नाकामा कडाई

१६ मंसिर २०७८, बिहीबार १३:०५
नेपालगञ्ज : अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि स्थानीय प्रशासनले नेपाल–भारतका सीमा नाकाहरुमा कडाई गर्न थालेको छ । नेपालगञ्जको जमुनाहा नाका, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाई गरिएको हो । स्थानीय प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पिसिआर रिर्पोट र दुबै डोज खोप लिएको कार्डलगायतका कागजपत्र अनिवार्यरुपमा हेर्न […]