बाँकेमा ३ संक्रमित थपिँदा १३ जना डिस्चार्ज

सदरलाइन संवाददाता १८ कार्तिक २०७८, बिहीबार १४:०२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


बिहीवार संक्रमण पुष्टि भएकामध्ये बर्दिया, कैलाली र बझाङका १–१ जना रहेका छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ९ पुगेको छ ।

यस्तै बिहीवार थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनधान्यकी देवी लक्ष्मीको आज पूजाआजा गरिँदै

१८ कार्तिक २०७८, बिहीबार १४:०२
नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीवार लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र […]

सम्बन्धित

ताजा अपडेट