गनापुरस्थित चारलेन सडकमा वृक्षरोपण

४ आश्विन २०७६, शनिबार १८:१४
 

सदरलाइनडटकम,
जानकी (बाँके) : संविधान दिवसका अवसरमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । गनापुर क्षेत्रमा पर्ने नेपालगञ्ज–कोहलपुर चारलेन सडकमा शनिवार वृक्षरोपण गरिएको हो । गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धितालले संयुक्तरुपमा विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।
चारलेन सडकको हरियाली क्षेत्रमा करीव डेढसय विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए । उनका अनुसार विरुवाको संरक्षणका लागि जालीको व्यवस्था गरिने र रेखदेखका लागि कर्मचारी खटाईने छ ।
वृक्षरोपण कार्यक्रममा वडा नंं ६ का अध्यक्ष सुरेश यादव, ४ का अध्यक्ष विश्रामकुमार बर्मा, २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य राजकुमार धोवी, धर्मा थापा, विपती सुनार र गाउँपालिकाका सबैजसो कर्मचारीको उपस्थिति रहेको थियो । गाउँपालिकाले बिहीवारदेखि शनिवारसम्म तीनदिन विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

Next Post

कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न

४ आश्विन २०७६, शनिबार १८:१४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : संविधान दिवसका अवसरमा कोहलपुर नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ । नगरपालिकाको सभाहलमा शनिवार गरिएको रक्तदानमा २१ पिन्ट रगत संकलन भएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख धनप्रसाद रेग्मीले जानकारी दिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा विभिन्न निकायका ब्यक्तिहरु […]

सम्बन्धित