सदरलाइनडटकम,
कोहलपुर (बाँके) : संविधान दिवसका अवसरमा कोहलपुर नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ । नगरपालिकाको सभाहलमा शनिवार गरिएको रक्तदानमा २१ पिन्ट रगत संकलन भएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख धनप्रसाद रेग्मीले जानकारी दिए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा विभिन्न निकायका ब्यक्तिहरु स्वतस्फुर्तरुपमा सहभागी भएको रेग्मीले बताए । संविधान दिवसका अवसरमा नगरपालिकाले ३ दिनसम्म बिभिन्न कार्यक्रहरु सञ्चालन गरेको थियो । जसअन्तर्गत शनिवार रक्तदान कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
