हातहतियार र लेनदेन मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ५ असार २०७९, आईतवार १३:१७
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै १ बर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका वडा नम्बर ६ का ४५ बर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले शनिबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सिमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।


त्यस्तै बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेबाट २०७९ जेठ ५ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का ४८ बर्षीयग लुराम थारुलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १ बर्ष जेल सजायको फैसला सुनाएको थियो ।

जेल सजायको फैसला आएयता फरार रहँदै आएका थारुलाई आइतवार बिहान बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारुलाई आबश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

५ असार २०७९, आईतवार १३:१७
कैलाली : कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ की ५० वर्षीया टङ्क सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटमा जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको […]

ताजा अपडेट