हुम्लामा पाँच म्याग्निच्यूडको भूकम्प

२९ भाद्र २०७६, आईतवार १४:५७
 

सदरलाइनडटकम,
काठमाण्डौ : हुम्लालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो । पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन् ।

Next Post

सीतापुर घटनाको छानबीन गर्न विद्यार्थीको माग

२९ भाद्र २०७६, आईतवार १४:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको खजुराको सीतापुरमा हात भाँच्चिएको घटनाको छानविन गर्न माग गरेका छन् । युवा संघ, अनेरास्ववियु, वाईसियल र अखिल क्रान्तिकारीले आइतवार संयुक्त पत्रकार सम्मेलन गरि कोइरालाको हात भाँच्चिएको हो होइन तत्कालन छानविन गर्न माग गरेको छ । युवा […]