सरकार लक्ष्यबिहीन रहेको कोइरालाको आरोप

६ भाद्र २०७५, बुधबार ११:५८
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बर्तमान सरकारसँग कुनै ठोस योजना नरहेकोले लक्ष्य बिनानै अघि बढेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जनताको चाहना विपरीत सरकारले काम गरिरहेको आरोप लगाए ।
महामन्त्री डा.कोइरालाले बर्तमान सरकारको रवैया र पार्टी भित्रको किचलोका कारण लोकतन्त्रनै खतरामा पर्ने तर्फ सचेत रहन आग्रह गरे । पार्टीभित्र अझै विवाद रहेको नसकेको स्विकार्दै उनले पार्टी एकढिक्का नभए लोकतन्त्रलाई जोगाउन नसकिने औल्याए ।
लोकतन्त्र र समृद्धिका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको भन्दै महामन्त्री कोइरालाले प्रेसमाथि अंकुश लगाएर सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको उल्लेख गरे ।

Next Post

राष्ट्रिय विदाको माग गर्दै ईद–उल–अजाह (बकरईद) को सामुहिक नमाज

६ भाद्र २०७५, बुधबार ११:५८
सदरलाइनडटकम नेपालगन्ज :  ईस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकरईद)को अवसरमा सरकारले राष्ट्रिय विदा नदिएको भन्दै यहाको मुस्लिम समुदायले आक्रोश ब्यक्त गरेका छन् । बकर ईदको अवसरमा प्रदेश नं. १, २ र ५ मा प्रदेश सरकारले बुधबार (आज) बिदा घोषणा गरेको भएपनि केन्द्रीय सरकारले मुस्लिम समुदायको मुख्य पर्वहरुको विदा कटौती […]

सम्बन्धित

ताजा अपडेट