सीतापुर घटनाको छानबीन गर्न विद्यार्थीको माग

२९ भाद्र २०७६, आईतवार १७:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेकपा बाँके सम्वद्ध युवा विद्यार्थीहरुले नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको खजुराको सीतापुरमा हात भाँच्चिएको घटनाको छानविन गर्न माग गरेका छन् । युवा संघ, अनेरास्ववियु, वाईसियल र अखिल क्रान्तिकारीले आइतवार संयुक्त पत्रकार सम्मेलन गरि कोइरालाको हात भाँच्चिएको हो होइन तत्कालन छानविन गर्न माग गरेको छ ।
युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले सीतापुर घटनामा आफ्नो पार्टी सम्वद्ध निर्दोषलाई फसाउन खोजिएको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिए । दोषीलाई जोगाउनुपर्छ भन्नेमा आफुहरु नभएको भन्दै थापाले घटनामा असंलग्न वडाध्यक्ष सुमन मल्ललगायतका ब्यक्तिमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनु गम्भिर षडयन्त्र भएको टिप्पणी गरे ।
यसैबीच आइतवारनै जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलइय बैठकमा समेत कोइरालाको हातको पुनः जाँच हुनुपर्ने विषयमा छलफल भएको छ । बैठकमा घटनामा संलग्न नभएका ब्यक्तिमाथि मुद्दा दर्ता गर्न नहुने विषयमा समेत छलफल भएको छ । बाँके काँग्रेसले भने बैठकमा सहभागिता जनाएन ।


Next Post

अफिमसहित दाङमा एक महिला पक्राउ

२९ भाद्र २०७६, आईतवार १७:४७
सदरलाइनडटकम, दाङ : जिल्ला प्रहरी कार्यालय दाङले तीन किलोग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । रोल्पाको थबाङ गाउँपालिका २ निबासी हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ बर्षीया नबीना रोका घर्तीलाई तीन किलो तीन सय ग्राम अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले नबीनालाई […]