बाँकेको कोहलपुर शैक्षिक हब बन्दै

सदरलाइन संवाददाता ११ माघ २०७९, बुधबार १३:४९
 

नेपालगञ्ज : बाँकेको दोस्रो ठुलो शहर कोहलपुरक्षेत्र शैक्षिक ‘हब’ बनेको छ । पछिल्लो समय अर्ब लगानीमा आधा दर्जन सुविधा सम्पन्न नीजि बिद्यालय सञ्चालनमा आएका छन् । अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी बिद्यालय स्थापना भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावत बताउँछन् ।

रावत स्वयं बागेश्वरी एकेडेमीका सञ्चालक हुन् । सुविधा सम्पन्न पूर्वाधार रहेको उक्त बिद्यालय त्यसक्षेत्रका बिद्यार्थीहरुको रोजाईमा पर्दै आएको छ । ठुलो लगानीमा अत्याधुनिक पूर्वाधार सहितको अर्को बिद्यालय हो तक्षशिला । त्यस बिद्यालयका अध्यक्ष बिष्णु बेलवासे भन्छन्–‘परम्परागत ढर्राबाट बिद्यालयहरु अब चल्दैनन् । पूर्वाधार सम्पन्न र शिक्षामा गुणस्तर त हुनैपर्छ । कोहलपुर क्षेत्रमा जति पनि नयाँ बिद्यालयहरु खुल्ने क्रममा छन् उनीहरुले त्यसको हेक्का राखेका छन् ।’


कोहलपुरमा बागेश्वरी एकेडेमी, तक्षशिला, शिखा, जिवनज्योती, निम्बल सहितका नयाँ बिद्यालय खुलेका छन् । गोरखा युनाइटेड पनि ठूलो लगानीमा खुलेको र बिद्यार्थीहरुको रेजाईमा पर्ने बिद्यालय हो । रामजानकी, बालज्योती, बालबिद्या जस्ता बिद्यालयहरु पहिलेबाटै सन्चालनमा छन् । शिखा एकेडेमी ठुलो लगानीमा खुलेको नयाँ बिद्यालय हो । शिक्षा लगायत बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले बाँकेलाई शिक्षा क्षेत्रमा आर्कषण बढाउन उक्त बिद्यालयमा लगानी गरेका हुन ।

स्थानीय लगायत अन्यत्रबाट आउने बिद्यार्थीहरु यहाँका बिद्यालयमा पढ्दै आएका छन् । नेपालगञ्जबाट समेत कयौं बिद्यार्थीहरु पढ्नका लागि कोहलपुरमा सुविधा सम्पन्न बिद्यालयमा जाने गरेको प्याब्सनका अध्यक्ष रावत बताउँछन् । उनी भन्छन–‘समग्रमा भन्दा यतिबेला कोहलपुर शिक्षाको हब बन्न सफल भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका बलात्कारको आरोपमा बाँकेमा एकजना पक्राउ

११ माघ २०७९, बुधबार १३:४९
नेपालगञ्ज : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो । बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट […]