‘दाङमा विद्यार्थी मुर्छित हुन थालेपछि’

२४ भाद्र २०७६, मंगलवार १७:४३
 

सदरलाइनडटकम,
दाङ : कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि दाङको शारदा नगरपालिका ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ । दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो ।
९ वर्ष उमेरदेखि १२।१३ वर्षभित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताए । छात्रा विरामी पर्न थालेपछि अन्य विद्यार्थीसमेत डराउन थालेका छन् । विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेको बुढाथोकीले बताए ।
विगगतका वर्षहरूमा दुईतीन जना छात्रामा यस्तो समस्या देखिएको थियो । तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाई छ । मनोपरामर्शदातालाई ल्याएर परामर्श दिँदा पनि विद्यार्थी विरामी हुने क्रम नरोकिएको उनले बताए ।
केही साता यता दैनिक २० देखि २५ जना छात्राहरू काप्ने, बरबराउने, मुर्छा पर्ने गरेका छन् । विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन् ।

Next Post

ट्राफिक प्रहरीद्वारा चालकहरुको स्वास्थ्य परीक्षण

२४ भाद्र २०७६, मंगलवार १७:४३
सदरलाइनडटकम, बैजनाथ (बाँके) : ट्राफिक प्रहरीद्वारा बाँकेमा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा बैजनाथ गाउँपालिकाको सम्झना चौकमा मंगलवार सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको हो । जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार पूर्वदेखि पश्चिम् र पश्चिमदेखि पूर्व तर्फ जाने गाडीका […]