सदरलाइनडटकम,
बैजनाथ (बाँके) : ट्राफिक प्रहरीद्वारा बाँकेमा सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा बैजनाथ गाउँपालिकाको सम्झना चौकमा मंगलवार सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार पूर्वदेखि पश्चिम् र पश्चिमदेखि पूर्व तर्फ जाने गाडीका एक सय साठी जना चालकको स्वास्थ्य जाँच गरिएको हो ।
दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चालकहरुलाई स्वस्थ्य भएर गाडी चलाउन अनुरोधसमेत गरेको छ । ट्राफिक अभियानअन्तर्गत गरिएको स्वास्थ्य परीक्षणमा तीन जना चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
