बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणपत्र जारी

सदरलाइन संवाददाता १५ फाल्गुन २०७९, सोमबार १३:११
 

बाँसगढी (बर्दिया) : बर्दियामा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बाँसगढी नगरपालिकाको समन्वयमा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत आयोजित कार्यशाला ५ बुँदे बाँसगढी घोषणा पत्र जारी गर्दै समापन भएको छ ।

अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीका लागि ३ दिने कार्याशाला गोष्ठीमा बर्दियाको बाँसगढीमा आयोजित कार्यशालामा बिशेष गरी बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बाँसगढी नगरपालिकालाई बालबिवाह मुक्त पालिका बनाउँने उद्देश्यका साथ यो कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा बिभिन्न धार्मिक बालअधिकार, बाल संरक्षण, बालबिवाह, यस सम्बन्धी कानुनी तथा नीतिगत ब्यबस्थाहरु, यसका कारण, प्रभाव र यसको न्युनिकरणमा स्थानीय सरकार र धार्मिक अगुवाहरुको भुमिका बिषयमा ब्यापक छलफल गरिएको थियो ।


बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दिरा चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलको बिशेष उपस्थितीमा संपन्न कार्यशालामा नगरकार्यपालिकाका सदस्यहरु, पालिकाका सबै शाखाका प्रमुखहरु, बिभिन्न धर्मका धार्मिक अगुवाहरु, नागरिक समाज संस्थाका प्रतिनिधीहरु र नेपाल प्रहरी समेतको सहभागिता रहेको थियो ।

कार्यशालामा अन्तरधार्मिक संजाल संचालन तथा ब्यबस्थापन कार्यबिधीका बिभिन्न दफामा छलफल, समुह कार्य र प्रस्तुतीकरण गरिएको थियो । त्यसै गरी एउटा ड्राफ्ट कार्यबिधी तयार गरिएको छ । सदस्य सचिवको रुपमा महिला तथा बालबालिका शाखा प्रमुख रहने प्राबधान रहेको मस्यौंदा कार्यबिधीलाई अझै पालिकाले छलफल गरी अन्तिम रुप दिई कार्यापालिकाबाट अनुमोदन गराई कार्यन्वयनमा ल्याउँने सहमति र समझदारी गरिएको छ ।

अन्त्यमा बाँसगढी नगरपालिकाकउपप्रमुख ईन्दिरा चौधरीले बालबिवाहको अन्त्य तथा न्युनिकरण यो स्थानीय सरकारको प्रमुख काम हो तर, पनि यसको न्युनिकरणको लागि प्लान नेपाल र बाँके युनेस्को क्लबले गरेको गरेको प्रयत्न प्रति आभार ब्यक्त गर्दै यो कार्यबिधीलाई पालिकाबाट अबिलम्ब अनुमोदन गराई अन्तर धार्मिक संजाल बाँसगढीलाई बालबिवाह न्युनिकरणमा कार्य गर्ने स्थानीय सरकारको एउटा अबयबको रुपमा स्थापना गर्ने गरी यस पालिकालाई छिटै बालबविाह मुक्त पालिका बनाउँने प्रतिबद्धता ब्यक्त गरिन । ३ दिनसम्म संचालन गरिएको गोष्ठिमा बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै संपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका पुनःस्थापना केन्द्रहरुको अनुगमन

१५ फाल्गुन २०७९, सोमबार १३:११
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो । साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन […]

सम्बन्धित