सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले कारकादौंमा सडक डिभिजन कार्यालयको जग्गामा बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माणका लागि पटक–पटक महोत्सव आयोजना गरि रकम संकलन गर्यो ।
सरकारले यसबर्ष एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि बाणिज्य संघकै कारण प्रदर्शनीस्थल निर्माण नहुने भएको छ । संघले शुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तर लिजको भाडा नतिरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले लिज सम्झौता खारेज गरेको शहरी विकास मन्त्री मो. इस्तियाक राईले जानकारी दिए ।
तीनलाख २५ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको थियो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैंशयले गतबर्षसम्म लिजको भाडा तिरेको भन्दै सम्झौता खारेज भएको बारे आफुलाई जानकारी नभएको बताए ।
