सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बोन क्यान्सर भएका एक जनालाई आर्थिक सहयोग गरेका छन् । बोन क्यान्सर भएका नेपालगञ्ज उपमहानगरपालिका २ का सरिफ हलवाइलाई आफ्नो तर्फबाट उपचारमा सहयोग गर्ने उद्देश्यले सोमवार पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
आफुले केही पैसा सहयोग गरेर बिरामीलाई केही राहात हुन्छ भनेर दिएको वडाध्यक्ष बेहनाले बताए । समाज सेवामा माहिर अध्यक्ष बेहनाले धेरै पटक अप्ठ्यारोमा परेका बिरामी होस् या गरिवदुःखी सबैलाई उनले सहयोग गर्दै आएका छन् । हलवाइकी दिदीलाई वडा कार्यालयमा आर्थिक सहयोग गरेको हस्तान्तरण गरेको वडाध्यक्ष बेहनाले बताए । अध्यक्ष बेहनाले आफुले पाउने कुनैपनि सेवा सुबिधा लिएका छैनन् ।
